पर्सा प्रहरीका ईन्सपेक्टर प्रकाश थापाको नेतृत्वमा ११ किलो ९५० ग्राम चरेस बरामद

समाचार

पर्सा, फागुन ७।

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५, भलुवाहि खोलास्थित झाडीबाट प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा उक्त लागुऔषध बरामद गरेको हो।

प्रहरी टोलीले झाडीभित्र लुकाइ राखिएको अवस्थामा एक बोरा चरेस फेला पारेको थियो। उक्त बोरा खोलेर जाँच गर्दा २४ वटा प्याकेटमा प्याक गरिएको चरेस जस्तो देखिने पदार्थ भेटिएको थियो। नियन्त्रणमा लिइएको उक्त पदार्थको तौल गर्दा ११ किलो ९५० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

हाल बरामद गरिएको चरेसको विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *