सशस्त्रका सीमा सुरक्षा गुल्म बिरगंजद्वारा भन्सार छली गरिएका कपडा, ब्याट्री र औषधी बरामद

समाचार

पर्सा, ७ फागुन ।

 २०८१ फागुन ७ गते विभिन्न स्थानमा खटिएको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका गस्ती टोलीले भन्सार छलेर भारतबाट अवैध रूपमा भित्र्याइएका विभिन्न सामग्री बरामद गरेको छ।

१. बीरगञ्ज बसपार्कबाट रु. १ लाख बराबरको कपडा बरामद

बीरगञ्ज महानगरपालिका–१६, बसपार्क क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको गस्ती टोलीले विभिन्न सवारी साधनहरूको जाँच गर्ने क्रममा डिकीमा लोड गरी बेवारिसे अवस्थामा ल्याइएका भन्सार छलीका कपडा बरामद गरेको छ। बरामद कपडाको अनुमानित मूल्य रु. १,००,००० रहेको छ।

२. नगवाबाट रु. १५ हजार बराबरको ब्याट्री नियन्त्रणमा

सोही दिन बीरगञ्ज महानगरपालिका–१६, नगवामा खटिएको सोही टोलीले टाउकोमा बोकी ल्याइरहेको अवस्थामा एक जनाले छाडेर भागेको १ थान ब्याट्री नियन्त्रणमा लिएको छ। उक्त ब्याट्रीको अनुमानित मूल्य रु. १५,००० रहेको छ।

३. श्रीपुरबाट रु. ३ लाख १८ हजार बराबरको औषधी बरामद

त्यसैगरी, बीरगञ्ज महानगरपालिका–११, श्रीपुरमा स.प्र.स.नि. सुन बहादुर स्याङ्तानको कमाण्डमा खटिएको गस्ती टोलीले ३ जना व्यक्तिले टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा ५४ बट्टा PREGNARON औषधी नियन्त्रणमा लिएको छ। उक्त औषधीको अनुमानित बजार मूल्य रु. ३,१८,६०० रहेको छ। ती व्यक्तिहरू समान छाडेर भागेको बताइएको छ।

बरामद गरिएको सम्पूर्ण सामग्री सीमा सुरक्षा गुल्म, बीरगञ्जमा सुरक्षित रूपमा राखिएको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइने सीमा सुरक्षा स्रोतले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *