वीरगञ्जमा रात्री कर्फ्यू हटाइयो, केही क्षेत्र दङ्गाग्रस्त घोषित

समाचार

पर्सा, ३ असोज।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा प्रत्येक दिन बेलुकी ९ बजे देखि बिहान ५ बजेसम्म लागू हुँदै आएको कर्फ्यू आदेश हटाएको छ।

जिल्ला सुरक्षा समितिको २०८२ असोज २ गतेको निर्णयअनुसार शान्ति–सुव्यवस्था कायम गर्न जारी आदेश खारेज गरिएको हो। यद्यपि, प्रशासनले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम दङ्गाग्रस्त क्षेत्र घोषणा गरी अर्को आदेश नभएसम्म निरन्तरता दिने जनाएको छ।

दङ्गाग्रस्त क्षेत्र घोषित गरिएका स्थानहरू:

  • घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग क्षेत्र
  • कारागार कार्यालय, पर्सा तथा सोको कम्पाउण्ड भित्रको क्षेत्र

जिल्ला प्रशासनले सर्वसाधारणलाई शान्ति–सुरक्षामा सहयोग पुर्‍याउन र तोकिएका नियमहरू पालना गर्न आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *