वीरगंज, १२ फागुन।
सशस्त्र प्रहरी बलको प्रस्तावित सिमा सुरक्षा गुल्म, वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा वीरगंज आदर्शनगर मेन रोडस्थित निरज चचानले सञ्चालन गरेको शिवम इम्पोरियममा छापा मारिएको छ।
बिरगंज भन्सार कार्यालय तथा सशस्त्र प्रहरीको सन्युक्त छापामारी क्रममा ठूलो मात्रामा भन्सार छलिका आशंका गरिएका कपडा बरामद भएको छ। सशस्त्र प्रहरीले ती कपडा भन्सार छलिका तस्करीबाट भित्र्याइएको आशंका गरेको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद कपडासम्बन्धी थप अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पुर्याएर बरामद कपडालाई भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको छ।
