सशस्त्र प्रहरी बल पर्साद्वारा प्रतिबन्धित भारतीय सेतो अण्डा बरामद गरी नष्ट

समाचार

वीरगंज ,७ चैत ।

सशस्त्र प्रहरी बल पर्सा गुल्म, वीरगंजले नेपालमा प्रतिबन्धित भारतीय सेतो अण्डा बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरीका अनुसार छिमेकी मुलुक भारतमा बर्ड फ्लू रोगको संक्रमण फैलिएको आशंकामा नेपाल सरकारले सेतो अण्डा र भारतीय बोइलर कुखुरालाई प्रतिबन्ध लगाएको छ। सोही अनुसार, रोगको सम्भावित जोखिमबाट बच्न सीमा नाकाहरूमा निगरानी गर्दै प्रतिबन्धित सामग्री नियन्त्रणमा लिएर नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।

यस क्रममा पर्साका बिरगंज -१६ ईनर्वाका विभिन्न सीमा नाकाबाट १२० क्रेट (लगभग रु. ४८,०००/- बराबर) प्रतिबन्धित भारतीय सेतो अण्डा नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *