बारा, १३ चैत ।
सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा २ लाख ५६ हजार रुपैयाँ बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ।
बेसका डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले बाराको परवानीपुर सडक खण्डमा अटोमा लुकाइछिपाई लगिरहेको अवस्थामा कपडा फेला पारेको हो। प्रहरीका अनुसार अटोको मूल्य ३ लाख रुपैयाँ तोकिएको छ, जसले गर्दा बरामद गरिएको कुल सामानको मूल्य ५ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अवैध कपडा र अटो आवश्यक कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइसकेको जनाएको छ।
