पर्सा ,१३ चैत ।
भन्सार छलि भारततर्फ निकासी गर्न लागेको रु. २.५ लाख बराबरको सुकमेल(ईलाईची ) र अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छलि भारततर्फ निकासी गर्न लागिएको करिब रु. ५० हजार बराबरको १० केजी सुकमेल (इलाइची) र रु. २ लाख बराबरको अटो नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार चेकपोस्ट अगाडि नियमित चेकजाँचको क्रममा बा.१ ह ०३११ नम्बरको अटोमा कालो प्लास्टिकमा प्याक गरी पछाडिको सिटमुनि लुकाइएका सुकमेल फेला परेको हो।
भन्सार चोरी निकासी गर्न खोजिएको सुकमेल र अटो नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।