पर्सा, १३ चैत ।
४७ औं नेत्र ज्योति दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाल नेत्र ज्योति संघ पर्सा शाखा, तथा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर बाराको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा अध्यक्ष जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र रहेका थिए। कार्यक्रममा १३० जना प्रहरी कर्मचारी र ५५ जना थुनुवा गरी जम्मा १८५ जनाले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन्।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय पर्साका वरिष्ठ उपाध्यक्ष श्याम कुमार पटेल, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर बाराका निर्देशक नितिन तुल्सीयान, व्यवस्थापक प्रकाश कुमार वर्मा, सचिन कुमार गुप्ता, अन्जली चौधरी, नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति पर्साका सभापति भगवती चौधरी, पूर्व सभापति मधु राणा लगायत अन्य प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमले प्रहरी कर्मचारी तथा थुनुवाहरूको आँखा स्वास्थ्य सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।