बिरगंज ,१३ चैत ।
पर्सा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका-६, भौराटारका ३३ वर्षीय अमेरिका प्रसाद साह गोढको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा लागु औषध फेला पारेको हो।
प्रहरीका अनुसार साहको एकतले पक्की घरको दक्षिणतर्फको कोठामा लुकाइछिपाइ राखिएको १३ किलो गाँजा तथा स्टिलको कचौरामा प्लास्टिकले बेरेर राखिएको ७१.८० ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका साहविरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।