बिरगंज ,२८ बैशाख।
बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितिले महानगरमा रहेका होटल र रेष्टुरेन्टहहरुमा अनुगमन गरेको छ ।
नाम चलेका होटल र रेष्टुरेन्टहरुमा गुणस्तरहीन खानेकुराहरु बिक्रिवितरण हुदै आएको जनगुनासो बढेपछि महानगरका अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा बजार अनुगमन समितिले बिहीबारदेखि पुनः अनुगमनलाई निरन्तरता दिएको छ ।
शुक्रबार अनुगनमन समितिले होटल मकालु ,होटेल डिलाइट,जैका ब्रियानी हाउस र होटल समा ब्रीयानीमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा होटल मकालुको फ्रिजमा शाकाहारी र मांसाहारी खानेकुरा एकै ठाँउमा राखिएको र म्याद गुज्रिएको बियरपनि फेला परेको अनुगमन टोलीमा सहभागी बिरगंज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले जानकारी दिए।
होटेल मकालुको फ्रीजबाट फेला परेको म्याद गुज्रिएका एक पिस बुडवेइजर बियरलाई अनुगमन टोलिले नष्ट गरेको ठाकुरले बताए।
भेज र नन भेज खाद्य समाग्रीहरु छट्टाछुटै राख्न निर्देशन दिइयो साथै फ्रीज को सरसफाईमा ध्यान दिनुपर्ने निर्देशन समेत दिएको जनाए।
बिरगंज महानगरपालिकाको ब्यवसाय दर्ता प्रमाणपत्र नवीकरण नभएकोले नवीकरण गराउन निर्देशन दिइयो।
त्यस्तै होटेल डिलाइटको किचेनको फ्रीजमा मासुजन्य खाद्य प्रदार्थहरु ऱ्याप नगरी राखिएको भेटेको छ, बिरगंज महानगरपालिकाको ब्यवसाय प्रामाणपत्र नवीकरण नभएको फेला परेको छ। त्यस्तै अनुगमनको क्रममा मुर्ली चौकमा रहेको होटल जैका ब्रीयानीको किचेनको फ्रीजमा मासुजन्य खाद्य पदार्थहरु अव्यवस्थित र फोहोर किसिमले गनहाउने तरिका राखेको हुनाले ब्यवस्थित र सफा राख्न निर्देशन दिइएको बिरगंज महानगरको उपमेयर ईम्तियाज आलमको प्रेस सल्लाहकार महम्मद सदाबले जनाएका छन ।
अनुगमनकै क्रममा छपकैयामा रहेको होटेल समा ब्रीयानीमा पनि धेरै नै अव्यवस्थित तथा फ़ोहोर देखिएकोले ब्यवस्थित र सफा राख्न निर्देशन दिइएको तथा आईन्दा गल्ति गरेको खण्डमा कडा कार्वाही गर्ने चेतावनी दिएको अनुगमन टोलीका सदस्य ठाकुरले बताएका छन् ।
