बिरगंजमा खैरो हिरोइन सहित दुई जना पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,फागुन १८।बिरगंजमा खैरो हिरोइन सहित दुई जना ब्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटमा वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोली  चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ संकास्पद रूपमा आईरहेको भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्राम बस्ने वर्ष २९ को महम्द नायम शेखलाई  खानतलासी गर्दा निजले बोकेको  झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट खैरो हिरोइन ३०० ग्राम फेला परेको हुँदा उक्त लागु औषधसहित निजलाई नियन्त्रणमा लिईएको हो।


पक्राउ परेका महमद नायम शेखसंग प्रारम्भिक सोधपुछ  गर्दा गोरखा घार्चे गा.पा.वडा नं.६ हाल काठमाण्डौ म.न.पा.वडा नं.२६ बस्ने वर्ष २४ को सुरेश घलेले उक्त खैरो हिरोइन मगाएको हुँदा लागु औषध अनुसन्धान व्युरो कोटेश्वरसंग समन्वय गरी निज सुरेश घलेलाई फागुन १७ मा पक्राउ गरिएको छ।

पक्राउ परेका दुई जनालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *