रसीद आलम।पर्सा , १८ फागुन । वडा प्रहरी कार्यालय श्रीपुर पर्साले अपहरण तथा शरीर बन्धक/ जबरजस्ती चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।
पर्सा जिल्ला अदालत तथा उच्च अदालत जनकपुर अस्थायी ईजलाश बिरगंजबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत फागुन १५ मा निजलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुर जानएको हो ।
पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं. ११ बस्ने भिखारी महतोको छोरा बर्ष ४० को नागेन्द्र प्रसाद महतो हुन।
निजलाई अपहरण तथा शरीर बन्धक/ जबरजस्ती चोरी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतको मिति २०७३।०३।१० गतेमा भएको सजाय निर्धारण तथा उच्च अदालत जनकपुर अस्थायी ईजलाश बिरगंजको मिति २०७७।०३।१९ गतेको फैसलाले मुलुकी ऐन चोरी महलको २४ नं. बमोजिम रु १७ लाख ८३ हजार २ सय ४३ पैसा ५० जरिवाना भएकोमा फैसला कार्यान्वयनको क्रममा निज नागेन्द्र प्रसाद महतोलाई पक्राउ गरि निजलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराउँदा निजले उल्लेखित जरिवाना तिर्न नसकेकोले पर्सा जिल्ला अदालतको आदेशले १० बर्ष कैदमा राखि जरिवाना असुल उपर गराउनको लागि फागुन १६ मा कारागार कार्यालय बिरगंज पर्सामा पठाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले जानकारी गराएका छन ।