भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्री पक्राउ ।

समाचार

रसीद आलम।बिरगंज ,फागुन १७।पर्सा प्रहरीले बिरगंजमा भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरु  पक्राउ गरेको छ ।

प्रहरीले फागुन १६ मा वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया नाकाबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा सो अवैध सामाग्रीहरु नियन्त्रणमा लिईएको हो।

बरामद गरिएका उक्त लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरूको रू.तिन लाख सत्तरी हजार चार सय तीस बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि  वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *