संकास्पद बिल बिजक रहेका पिकअप बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,फागुन, १८।बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको पिकअप गाडी विरगञ्ज तर्फ ल्याउदै गरेको  सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले फागुन १७ मा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट बि आर ०५ जि बि ९३२३ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त पिकअपलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

पक्राउ परेका पिकअप र सो भित्र लोड रहेको लत्ताकपडाहरूको रू.पचीस लाख एकतिस हजार तिन सय दश बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *