बिरगंज ,१६ पुस ।
बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा सोमबार विभिन्न वडाका मठमन्दिरहरूको अवस्था र अतिक्रमणमा परेका पोखरीहरूको अनुगमन गरिएको छ। अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको टोली पनि सहभागी भएको थियो।

महानगरले अनुगमन गरिएको स्थानहरूको अवस्था सुधार गर्न र आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया छिटोभन्दा छिटो सुरु गर्ने प्रतिबद्धता जनाएको छ। उक्त कार्यले धार्मिक स्थलहरूको संरक्षण र पोखरीहरूको पुनरुद्धारमा महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
