पर्सा ,१५ पुस ।
जिराभवानी गाउँपालिकाको सभाहलमा आज सेवा प्रवाह र सुशासन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलसहित विभिन्न पालिकाका अध्यक्षहरू, वडाअध्यक्षहरू, तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्न आवश्यक रणनीतिहरूबारे गहन छलफल भएको छ। स्थानीय तहका पदाधिकारी र सरोकारवालाबीचको यो छलफलले नीति निर्माण र कार्यान्वयनमा टेवा पुर्याउने विश्वास गरिएको छ।
