वीरगञ्जमा एक मजदुरको मृत्यु।

समाचार

रसीद आलम।

वीरगञ्ज, २२ पुस

पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाइते भएकोमा उनको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर ४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भर्‍याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *