चैते दशैंको अवसरमा प्रहरी महानिरीक्षक थापाद्वारा मौलोमा पूजाअर्चना तथा बली पूजा

समाचार

काठमाडौँ, २३ चैत ।

प्रहरी महानिरीक्षक दिपक थापाले चैते दशैंको अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ।

नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभएको छ।

यस पूजालाई नेपाल प्रहरीले आस्था, परम्परा र सांस्कृतिक विरासतका रूपमा संरक्षण गर्दै आएको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *