२४ घण्टामा अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार, अभियुक्त पक्राउ

समाचार

सुनसरी, चैत २३।

सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलकी ७ वर्षीया बालिका ईशु सदाको अपहरणमा संलग्न व्यक्तिलाई पक्राउ गर्दै प्रहरीले बालिकाको सकुशल उद्धार गरेको छ।

गत चैत २० गते दिउँसो १:४० बजे खेलिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले ईशुलाई सिटी सफारीमा चढाई अपहरण गरी लगेका थिए। घट्नापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको नेतृत्वमा तथा प्रदेश प्रहरी कार्यालय विराटनगर अन्तर्गतको PIT (Province Investigation Team) को टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा चैत २१ गते सुनसरीको कोशी गाउँपालिका–८ को कोशी ब्यारेजको २६ नं ढोकाको पुलमाथिबाट बालिकालाई सकुशल उद्धार गरिएको हो। सोही स्थानबाट सप्तरी कन्चनरुप नगरपालिका–१२ धरमपुरका जितुवा भनिने जितेन्द्र साह (हलुवाई)लाई नियन्त्रणमा लिइएको छ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *