रसीद आलम ।पर्सा ,फागुन १६।पर्सा प्रहरीले विल बिजक संकास्पद रहेको एक मालवाहक ट्रक पक्राउ गरेको छ ।
पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचना प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले फागुन १४ मा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट ना ६ ख ६२ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिएको ट्रक र सो भित्र लोड रहेको लत्ताकपडाहरूको ९२ लाख ८८ हजार ०४८।–रुपैयाँ बराबरको मुल्यांकन गरि थप अनुसन्धान लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।