पर्सा, चैत २३ ।
सशस्त्र प्रहरी बल, नेपाल सिमा सुरक्षा गुल्म, अलौले भारत तर्फ तस्करी हुँदै गरेको मकै बरामद गरेको छ।
चैत २३ गते बिहान ४:३० बजे पर्सा जिल्ला बिन्दाबासिनी गाउँपालिका–४, अम्मरपट्टी स्थित सतुमाई मन्दिरको दक्षिणी भाग, नेपाल–भारत सीमास्थित दसगजामा नेपालबाट भारततर्फ चोरी पैठारी गर्न लागिएको अवस्थामा २२ बोरा (करीब ५५० केजी) विदेशी मुरली जातको मकै बरामद गरिएको हो।
बरामद गरिएको मकैको अनुमानित मूल्य रू. ५५,००० रहेको छ भने त्यसैगरी रू. १५,००० बराबरको कोल्ड ड्रिंक र तस्करीको चिनी समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
हाल बरामद सामग्रीहरू गुल्म, अलौमा राखिएको र भन्सार बुझाउने प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ।
