दुर्गा प्रसाई आज पक्राउ: हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा झापाबाट नियन्त्रणमा, नेपाल प्रहरीद्वारा पुष्टि ।

समाचार

काठमाडौं ,२९ चैत ।

मिति २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भई राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनलाई आज मिति २०८१ साल चैत २९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएको हो। उक्त घटनामा संलग्न प्रसाईका अंगरक्षक दिपक खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा दुबैजनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी दिइएको छ।

प्रहरीले हाल घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *