पर्सा, ६ बैशाख ।
सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले भारतबाट अवैध रूपमा भन्सार छल्दै ल्याइएको कपडा र खाद्यान्नसहितको अटो नियन्त्रणमा लिएको छ। बीरगंज–१६ स्थित भन्सार कार्यालय परिसरअगाडि रहेको चेकपोइन्टबाट उक्त अटो नियन्त्रणमा लिइएको हो।
अटोमा लुकाएर ल्याइएको कपडा र खाद्यान्नसहितको सामानको मूल्य रू. २,६७,५२५ रहेको बताइएको छ। नियन्त्रणमा लिइएका सामग्रीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
