अबैध गाँजा बरामद : ११.०५१ के.जी. गाँजासहित मोटरसाइकल नियन्त्रणमा

समाचार

बारा, ६ बैशाख ।

जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित छठीमाई घाट नजिकैबाट अबैध लागु औषध गाँजा बोकेको मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले ना ४१ प ६२४१ नम्बरको कालो र रातो रंगको पल्सर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो मोटरसाइकलमा गाँजा रहेको फेला पारेको हो।

चेकजाँचको प्रयास गर्दा नाम, थर र वतन नखुलेका दुई जना व्यक्ति मोटरसाइकल छोडेर जंगलतर्फ भागेका थिए। प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा दुईवटा झोलामा रातो प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा अबैध लागु औषध गाँजा फेला पारेको थियो।

बरामद गरिएको गाँजाको तौल ११.०५१ केजी रहेको छ। हाल मोटरसाइकल र गाँजा ई.प्र.का. अमलेखगञ्जमा राखिएको छ भने फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

अन्य अनुसन्धान कार्य समेत अगाडि बढाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *