सशस्त्र प्रहरी रौतहटको स्थापना दिवसमा रक्तदान

समाचार

रौतहट १० बैशाख। रौतहट स्थित सशस्त्र प्रहरी बल  नेपाल नम्बर ११ गण रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरुले रक्तदान गरेका छन्।

सशस्त्र प्रहरी बल रौतहटको “१८ औ स्थापना दिवस–२०८२” को अवसरमा  सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेक्वा रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो।

 

नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय एवं सहकार्यमा गण परिसर भित्र आयोजित रक्तदान कार्यक्रममा २८ सशस्त्र प्रहरी कर्मचारीहरुबाट रक्तदान भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताए ।

उनका अनुसार उक्त रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी तथा कर्मचारीहरूको सहभागीता रहेको थियो । रौतहट स्थित सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष बिभिन्न किसिमका सामाजिक कार्यहरु गरिँदै आएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *