मुख्यमन्त्री सिंहको निर्देशन : वीरगंजमा हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन

समाचार

जनकपुरधाम ,७ भदौ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । निजी भ्रमणका क्रममा हाल मलेसियामा रहेका मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत संक्रमण नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने जानकारी दिएका हुन् ।

उनले स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूलाई सक्रिय रहन निर्देशन दिएका छन् भने वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य अस्पतालहरूलाई संक्रमित बिरामीको उपचारमा पूर्ण सक्रिय रहन आग्रह गरेका छन् ।

संक्रमण फैलन नदिन प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्यकर्मी परिचालन गर्न प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको उनले बताएका छन् ।

यस्तै, उपचार सेवा थप प्रभावकारी बनाउन मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगंज खटाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *