वीरगंजमा गुडविल सोसाइटीद्वारा ३५०० बिरुवा वितरण

समाचार

वीरगंज, भदौ ७ ।
वीरगंज महानगरपालिका–२ र ३१ का वासिन्दालाई हराभरा बनाउन गुडविल सोसाइटी संस्थाले ३५०० बिरुवा वितरण गरेको छ। कार्यक्रममा आम्बा, आम्ला, सखुवा, सिसोलगायतका बिरुवा निशुल्क रूपमा उपलब्ध गराइएका थिए।

गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सजाद, शाहनवाज, सौकत, सोहैब, समाउँदिन, अदनन् लगायत पदाधिकारीहरूको उपस्थिति थियो।

बिरुवा वितरणमा वन डिभिजन कार्यालय, पर्साले महत्वपूर्ण सहयोग पुर्‍याएको थियो। यस अभियानले स्थानीयवासीलाई बिरुवा रोप्न र वातावरण संरक्षणमा सक्रिय बन्न प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

अध्यक्ष आलमले कार्यक्रममा बोल्दै हराभरा वातावरण सिर्जना गर्नु नै संस्थाको उद्देश्य रहेको बताए। उनले भने, “हामीले आज वितरण गरेका बिरुवाहरूले केवल वातावरण सुन्दर बनाउने मात्र होइन, भविष्यमा हरियाली र स्वस्थ वातावरण सुनिश्चित गर्नेछन्।”

स्थानीयवासीहरूले कार्यक्रमको प्रशंसा गर्दै बिरुवा संरक्षण र हेरचाहमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। गुडविल सोसाइटीले आगामी दिनहरूमा पनि यस्ता पर्यावरणीय अभियानलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *