रौतहटमा पहिलो पटक नागरिक अभिनन्दनसहित एसपी घिमिरेको बिदाई

समाचार

रसीद आलम।

रौतहट, १९ बैशाख — रौतहट जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई नागरिकद्वारा सम्मानसहित बिदाई गरिएको छ। उनले १३ महिनाको कार्यकालमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै जिल्लावासीको मन जित्न सफल भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको बिदाई कार्यक्रममा स्वस्फूर्त रूपमा गाउँ–गाउँबाट आएका सयौं महिला–पुरुषले एसपी घिमिरेलाई टीका, माला र खादा लगाएर सम्मान गर्दै खुलेर प्रशंसा गरे।

शून्य सहनशीलताको नीति लिएर काम गरेका घिमिरेले घुमुवा प्रणाली बिना नै आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका छन्। कार्यालय समयदेखि बिहान–साँझसम्म आफैँ फिल्डमा खटिएर जनताको समस्या सुनेर समाधान गर्ने प्रयासले उनी सर्वसाधारण माझ लोकप्रिय बने।

उनले आफ्नो कार्यकालमा जघन्य अपराधमा संलग्न आरोपीलाई सूक्ष्म अनुसन्धानमार्फत कारबाहीको दायरामा ल्याउन सफल भएका थिए।

सबैभन्दा उल्लेखनीय उपलब्धि भने ४१ वर्षदेखि चल्दै आएको हिन्दू–मुस्लिम साम्प्रदायिक विवाद अन्त्य गर्नु हो। ईशनाथ नगरपालिका–६ खाप घिउरा टोलमा हरेक वर्ष विवाद हुने धार्मिक कार्यहरूलाई मेलमिलाप गराउँदै आपसी सद्भाव कायम गरेर सम्पन्न गराउन उनले निर्णायक भूमिका खेले।

एसपी घिमिरेको कुशल नेतृत्व र समर्पणप्रति जिल्लावासीले खुलेर सम्मान जनाएका छन्, जुन रौतहटको इतिहासमै पहिलोपटक नागरिक तहबाट गरिएको औपचारिक बिदाई समारोह हो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *