गृह मन्त्रालयले दियो ६ जना डिआइजीलाई नयाँ जिम्मेवारी, मधेस प्रदेशमा डिआईजी चतुर्वेदी

समाचार

काठमाडौं, २१ वैशाख। नेपाल प्रहरी संगठनमा उच्च तहको सरुवाले गति लिएको छ।

आइतबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गर्दै प्रदेश प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी दिएको हाे।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार, कोशी प्रदेशको प्रहरी प्रमुखमा डीआईजी ईश्वर कार्कीलाई खटाइएको छ।

मधेश प्रदेशमा डीआईजी उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा डीआईजी अरुण पौडेल, गण्डकी प्रदेशमा डीआईजी दिनेश कुमार आचार्य, लुम्बिनी प्रदेशमा डीआईजी राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिम प्रदेशमा डीआईजी डम्बर बहादुर विकलाई सरुवा गरिएको हो।

सरुवा गरिएका डीआईजीहरूलाई तत्काल कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *