पर्सा, वैशाख २४ ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ ह ३०४४ नम्बरको टेम्पो भन्सार छली गरी ल्याइएका सामानसहित नियन्त्रणमा लिइएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइन्ट ड्युटी टोलीले उक्त टेम्पो जाँच गर्दा मोटर पार्ट्सलगायत मूल्य रु. ३७,८०० बराबरको सामान लुकाएर ल्याइएको फेला पारेको हो।
सामानसहित टेम्पोको भन्सार दाखिला मूल्य रु. २,३७,८०० रहेको जनाइएको छ। नियन्त्रणमा लिइएको टेम्पो र सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
