पर्सा, २ जेठ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६ बहुअरी निवासी १८ वर्षीया सिता देवी पाण्डेयलाई विषालु सर्पले टोकेको घटना सार्वजनिक भएको छ। घटना जेठ १ गते राति करिब १० बजे आफ्नै घरमा भएको बताइएको छ।
सर्पको टोकाइबाट घाइते भएकी सिता देवीलाई तुरुन्तै उपचारका लागि नारायणी अस्पताल, वीरगंज लगिएको थियो। अस्पतालले सो घटनाको जानकारी राति ११:३० बजे प्रहरीलाई दिएको हो।
हाल घाइते सिता देवीको अवस्था मध्यम रहेको र उनी अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा उनको श्रीमान् संजय पाण्डेय साथमा रहेका छन्।
पर्सा प्रहरीले घटनाको थप विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।
