नगवाका सक्रिय युवा नेताहरू जनमत पार्टीमा प्रवेश, मधेस आन्दोलनको गढमा पार्टी थप सशक्त

समाचार

वीरगञ्ज, असार ५ ।
वीरगन्ज महानगरपालिका वडा नं. १६ (नगवा) का सक्रिय समाजसेवी तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादवले आज जनमत पार्टीको विधिवत सदस्यता ग्रहण गरेका छन्।

मुख्यमन्त्री तथा जनमत पार्टीका वरिष्ठ नेता श्री सतिश कुमार सिंहले दुवै युवा नेताहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्। मुख्यमन्त्री सिंहको कार्यशैली, जनमत पार्टीको नीति तथा जनमुखी दृष्टिकोणबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको नवप्रवेशी युवा नेताहरूले बताएका छन्।

उनीहरूको आगमनले मधेस आन्दोलनको ऐतिहासिक गढ मानिने नगवामा जनमत पार्टी थप मजबुत बन्ने जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले प्रतिक्रिया दिएका छन्। साथै उनले चाँडै नगवामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरिने जानकारी पनि दिएका छन्।

आजको कार्यक्रममा जिल्ला अध्यक्ष सरार्फसँगै जनमत पार्टी वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा पनि सहभागी थिए।

युवाको उत्साह, नेतृत्वको विश्वास र संगठनको रणनीतिका कारण जनमत पार्टीले मधेसमा आफ्नो प्रभाव अझ सशक्त बनाउँदै लगेको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *