सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा ठाडा मगर, आईजी अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

समाचार

रसीद आलम

काठमाडौं, असार ४ ।
सशस्त्र प्रहरी बल नेपालका प्रमुख (महानिरीक्षक) राजु अर्यालले हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

बढुवापछि आयोजित औपचारिक कार्यक्रममार्फत आईजी अर्यालले ठाडा मगरलाई दर्ज्यानी चिन्ह (इन्सिग्निया) लगाइदिएका हुन्। ठाडा मगरलाई गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयअनुसार असार ४ गतेबाट अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरिएको हो।

कार्यक्रममा आईजी अर्यालले ठाडा मगरको अनुशासन, कर्तव्यनिष्ठा र पेशागत योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा समेत उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गर्नुभयो।

सशस्त्र प्रहरी बलमा ठाडा मगर दीर्घ अनुभव, उच्च नेतृत्व क्षमता र विभिन्न जिम्मेवारीमा सफलता हासिल गर्दै अगाडि बढ्दै आउनुभएको एक सक्षम अधिकृतका रूपमा चिनिनुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *