बारा जंगलमा बाख्रा चराउन गएका गोठालालाई बाघले खायो

समाचार

बारा, ४ असार।  बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ।

 

मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको  बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको  बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले  बताए ।

 

बाख्रा चराउने कामदारको रुपमा काम गर्दे आएको ५५ को चन्द्र बहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएकोमा घरमा फर्किएर नआएको र आफन्तहरुले प्रहरी लाई मंगलवार साँझ खबर गरेका थिए । खबर पछि ईलाका अम्लेखगंज सहितको टोली र स्थानीय मानिस खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक बनको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा भुलनको शरीर मृत फेला परेको र जम्मा २७ वटा जिउदो बाख्रा मात्र फेला  परेको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको तथा घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *