सशस्त्र प्रहरी पर्साद्वारा ४२ लाख बराबरको अबैध प्याज र २ वटा पिकअप पक्राउ।(भिडियो सहित)

समाचार

रसीद आलम,बिरगंज , २४ माघ।

सशस्त्र प्रहरी बल पर्साले बिरगंज महानगरपालिका-१९ अलाै तथा ड्राईपाेर्ट ईलाकाबाट भन्सार छलिएका ५७४० केजी अबैध प्याज सहित २ वटा पिकअप गाडी पक्राउ गरेको छ।

माघ २३ गते सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा.पर्सा तथा मातहतका प्रस्ताबित सीमा सुरक्षा गुल्म अलाै र बिओपि ड्राईपाेर्टबाट खटिएकाे गस्ति टाेलीले आकस्मिक चेकजांच गर्ने क्रममा अबैधरूपमा भन्सार छलि भारतबाट नेपाल भित्र्याएका ५७४० केजी अबैध प्याज सहित प्रदेश २-०३ ००१ च -६२०३ र प्रदेश २-०३  ००१ च ५९३५ नम्बरकाे २ वटा पिकअप गाडीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन  ।

नियन्त्रणमा लिएको प्याज र २ वटा पिकअप गाडीलाई रू. ४२ लाख २९ हजार ६ सय बराबरकाे मुल्यांकन गरि आवश्यक कारवाहीकाे लागि बिरगंज भन्सार कार्यालयमा बुझाएकाे डिएसपी श्रेष्ठले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *