बिरगंज ,२४ माघ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको रु.७ लाख ३७ हजार ६ सय मुल्य बराबरको मेसिन, सुपारी, जुत्ता र औषधी पर्सा प्रहरीले पक्राउ गरेको छ।
माघ २२ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ बसपार्क स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको औषधी मेसिन तथा जुत्ता लगायतका मालबस्तुहरू पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।
डिएसपी थापाका अनुसार चोरी पैठारी गरी वीरगञ्ज भित्राइ बसपार्कतर्फ लग्दै गरेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।
बरामद गरिएका समानहरुमा एसकाई कट मेसिन१ थान( नक्शा प्रिन्ट गर्ने मेसिन),पलटिङ पेपर -१ रोल,लेडिज सर्ट-२ थान,ट्रामानिल ट्याबलेट २१६८ पत्ता,काचो सुपारी-९४ के.जी.,अफजल मिन्ट फलेबर ६० के.जी.,साडी-१ थान,कुर्ता सुरवाल-२ थान र जुत्ता-२० जोर जसको अन्दाजी बजार मुल्य रू. ७ लाख ३७ हजार ६ सय रहेको डिएसपी थापाले बताए ।
