भारतबाट भन्सार छली ल्याइएका कपडा वीरगञ्जमा बरामद

समाचार

पर्सा, ७ असार — सशस्त्र प्रहरी बल पर्साले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. ८, रेल वे रोडस्थित एक घरमा छापा मारी रु. १,३१,३८० मूल्य बराबरका तयारी कपडा बरामद गरेको छ।

मिति २०८२ असार ६ गते सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोली तथा वीरगञ्ज भन्सार कार्यालयका नासु संजीव पराजुलीको नेतृत्वको २ जनाको संयुक्त टोलीले शिवचरण रामको तीन तले पक्की घरको टप फ्लोरको कोठामा छापा मारेको थियो। छापाका क्रममा घरभित्र खाटमुनि, भर्‍याङमुनि तथा टिनको ड्रमभित्र अवैध रुपमा लुकाइछिपाइ राखिएको अवस्थामा ती कपडाहरू फेला परेको प्रहरीले जनाएको छ।

बरामद भएका सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *