बारामा विभिन्न मुद्दामा फरार १२ जना प्रतिवादी पक्राउ, कानुनी प्रक्रिया अगाडि बढाइयो

समाचार

बारा, असार १६ ।
जिल्ला प्रहरी कार्यालय बाराको सक्रियतामा विभिन्न आपराधिक घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका १२ जना प्रतिवादीहरू पक्राउ परेका छन्। प्रहरीद्वारा जारी प्रेश विज्ञप्तिअनुसार असार १५ गते विशेष अपरेशन सञ्चालन गर्दै विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागु औषध कारोबार, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, बैङ्किङ कसुर, मानव बेचबिखन, वहुविवाह, नागरिकता सम्बन्धी जालसाजी, सरकारी छाप किर्ते, वैदेशिक रोजगार सम्बन्धी ठगी लगायतका गम्भीर आरोपहरू रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा तथा यसअन्तर्गतका ईकाइबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई खोजतलास गर्दै लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ परेका प्रतिवादीहरूको विवरण यसप्रकार छः

१. सन्तलाल दास (६०), पचरौता नगरपालिका–०३, लागु औषध गाँजाको मुद्दामा पक्राउ, श्रीनगरबैरिया प्रहरी चौकीको अनुसन्धानमा।
२. कृष्ण प्रभात कुशवाहा (३१), सिम्रौनगढ नगरपालिका–०६, वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दा, ईलाका प्रहरी कार्यालय सिम्रौनगढ।
३. माला औसिदिन अंसारी (५५), सिम्रौनगढ नगरपालिका–०६, वहुविवाहको मुद्दा, ईलाका प्रहरी कार्यालय सिम्रौनगढ।
४. दिनानाथ न्यौपाने (६२), जीतपुरसिमरा उपमहानगरपालिका–१४, सरकारी छाप किर्ते मुद्दा, डुमरवाना अस्थायी प्रहरी पोस्ट।
५. पदमकुमारी थापा मगर (६२), जीतपुरसिमरा उपमहानगरपालिका–१४, सरकारी छाप किर्ते, डुमरवाना अस्थायी प्रहरी पोस्ट।
६. अजित राय (५५), जीतपुरसिमरा उपमहानगरपालिका–१३, नागरिकता सम्बन्धी जालसाजी, डुमरवाना अस्थायी प्रहरी पोस्ट।
७. पुनदेव प्रसाद यादव (४२), महागढीमाई नगरपालिका–०६, ज्यान मार्ने उद्योग, बरियारपुर प्रहरी चौकी।
८. बिष्णु प्रसाद राउत कुर्मी (४०), परवानीपुर गाउँपालिका–०५, बैङ्किङ कसुर, ईलाका प्रहरी कार्यालय प्रसौनी।
९. महन्त राउत अहिर (६०), कलैया उपमहानगरपालिका–१५, कर्तव्य ज्यान मुद्दा, जिल्ला प्रहरी कार्यालय बारा।
१०. मोताहिर मिया दर्जी (६९), कलैया उपमहानगरपालिका–१३, कर्तव्य ज्यान, बसतपुर प्रहरी चौकी।
११. मोसलिम मिया धुनिया (४५), जीतपुरसिमरा उपमहानगरपालिका–७, मानव बेचबिखन तथा ओसारपसार, ईलाका प्रहरी कार्यालय जीतपुर।
१२. अनुठा चौधरी (४६), बारागढी गाउँपालिका–०५, लेनदेन सम्बन्धी मुद्दा, ईलाका प्रहरी कार्यालय बारागढी।

बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि कानून बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रहरीले अझै पनि बाँकी फरार अभियुक्तहरूको खोजी जारी राखेको जानकारी दिएको छ।

प्रहरीको यस सफल कारबाहीलाई स्थानियबासीले स्वागत गरेका छन् भने कानुनी राज्यको अभ्यासमा यो कदम एक महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *