सीमा सुरक्षा समितिको गठन गरी सीमा अपराध नियन्त्रण र अनुगमनलाई प्रभावकारी बनाउने सशस्त्रको सिमावासीसंग अन्तक्रिया।

समाचार

पर्सा, कार्तिक १४

– सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंजले आज वीरगंज महानगरपालिका वडा नं. १६ मा सीमा अपराध नियन्त्रण, अवैध गतिविधि रोकथाम, चोरी निकासी, पैठारी नियन्त्रण तथा सूचना आदानप्रदानमा सुधार गर्न स्थानीय जनप्रतिनिधि, वडा अध्यक्ष, संचारकर्मी, भद्रभलाद्मी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उपस्थितिमा सीमा सहजीकरण समिति गठन गरेको छ।

बैठकमा सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अनुगमन र सहजीकरण गर्ने तथा आगामी दीपावली, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सीमा निगरानीलाई थप सशक्त बनाउन सहकार्य र समन्वय गर्ने निर्णय गरिएको थियो। बैठक हिजो मिति २०८१ कार्तिक १३ गते ४:४० बजे सम्पन्न भएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *