स्रोत नखुलेको रकमसहित पर्साबाट ६ जना र काठमाडौबाट २ जना गरि आठ जना पक्राउ।

समाचार

रसीद आलम ,पर्सा,२० जेठ ।

पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रूपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रूपैयाँसहित धादिङ धुनीवेशी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जनालाई शनिबार बेलुकी पर्सा प्रहरीले पक्राउ गरेकको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी कुमोध ढुंगेलको कमान्डमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा पर्सा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्‍वकर्मा र २९ वर्षीय खेमराज विश्‍वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *