सुनसरीबाट १ करोड १ लाख स्रोत नखुलेको रकम सशस्त्र प्रहरीले बरामद गर्‍यो ।

समाचार

सुनसरी ,२० जेठ ।

सुनसरीबाट जेठ १९ गते  १ करोड १ लाख रुपैयाँ बरामद भएको   छ । सुनसरी जिल्लाको  हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाई छिपाई राखेको सो रकम बरामद गरेको हो ।

नगद रकम, कार र चालकलाइ आवश्यक अनुसन्धान  तथा कारबाहिका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको सशस्त्र प्रहरी सुनसरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *