असार महिनाको “उत्कृष्ट प्रहरी” घोषणा : बाराका प्रहरी निरीक्षक बलराम श्रेष्ठ सम्मानित

समाचार

बारा, ९ साउन।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक बलराम श्रेष्ठलाई २०८२ साल असार महिनाको “उत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरिएको छ।

मानवश्रोत व्यवस्थापन शाखाको दरबन्दीमा रही जिल्ला प्रहरी कार्यालय बाराको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत श्रेष्ठले असार महिनामा उल्लेखनीय कार्य सम्पादन गरेका थिए। विशेषगरी अलपत्र अवस्थामा रहेका ८ जना बालबालिकाको उद्धार गरी १ जनालाई बालहेल्पलाइन, ३ जनालाई सेफ हाउस र ४ जनालाई अभिभावकको जिम्मा लगाई सुरक्षित रूपमा पठाउन उनले अहं भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी घरेलु हिंसा, बाल विवाह, बहुविवाह र लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम विभिन्न विद्यालयहरूमा सञ्चालन गर्नुका साथै सेवा केन्द्रमा आएका गुनासोहरू छिटो छरितो रूपमा फछ्र्योट गर्नमा समेत उनले उल्लेखनीय योगदान पुर्‍याएका छन्।

उनको नेतृत्वमा शाखाबाट सम्पादन हुने दैनिक कार्य, अभिलेख व्यवस्थापन तथा शाखा सञ्चालनमा देखिएको उच्च कार्यदक्षता र जिम्मेवारीप्रति देखाएको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

श्रेष्ठको यस्तो उत्कृष्ट कार्यबाट अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रेरणा मिल्ने विश्वास प्रहरी कार्यालयले व्यक्त गरेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *