रसीद आलम,बिरगंज ,२७ पुस।
भन्सार छली चोरी पैठारी गरी ल्याएको १६ लाखभन्दा बढीका विभिन्न किसिमका सामानहरु बिरगंज -१९ बाट पर्सा प्रहरीले बरामद गरेको जनाएको छ।
पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा बुधबार बेलुका ३ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली ब्राण्दामा भंसार छली चोरी पैठारी गरि ल्याइएको पुजा थान कपडा-५७६ थानमा १७२८० मिटर, रेडबुल-४८ पिस,लेडिज नक्कली विभिन्न किसिमका गरगहनाहरू-२०के.जी.,लेडिज ब्रा-११५२ पिस र प्लाष्टिकको फुल-७ प्याकेट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बरामद गरि नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएको सो विभिन्न सामानहरुको रू.१६ लाख ६७ हजार ९ सयको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि बिहिवार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी ) कुमार बिक्रम थापाले जनाएका छन् ।
