बारा: बिओपी बरैनियाद्वारा १० लाख बराबरको अबैध मदिरासहित भारतीय कार पक्राउ।

समाचार

रसीद आलम,बारा,२६ पुस।

सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बारा मातहत नेपाल बोर्डर आउट पोष्ट बिओपी बरैनियाले अबैध रुपमा भन्सार छली नेपालबाट भारतर्तफ लगिरहेको अवस्थामा कस्तुरी मदिरा १८ कार्टून सहित एक भारतीय कार पक्राउ गरेको छ।

बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमान्ड खटिएका टोलिले बिहीबार बिहान् १०:४० को समयमा बाराको बिश्रामपुर गा.पा.-३ स्थित दुर्गा मन्दिर आगाडी मुसहरवा सीमानाकाबाट UP78BJ7060 नम्बरको भारतिय कारबाट सो परिमाणको अबैध कस्तुरी मदिरा बरामद भएकोले कारसहित मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

मदिराको तस्करी भईरहेको विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा च्याचिस नं. MA3EED81S00549835XF7 र ईन्जिन नं. F10DN4374134 को MARUTI SUZUKI WAGON R कारमा अबैध रुपमा भन्सार छली नेपालबाट भारतर्तफ कस्तुरी मदिरा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाई देख्ना साथ मदिरा र कार सोही स्थानमा छाडी तस्करहरु फरार भएको हुँदा उक्त कार र मदिरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले जनाए।

मदिरा र कारको रु.१० लाख १८ हजार मुल्यांकन गरिएको बिओपी बरैनियाले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *