पर्सामा प्रतिबन्धित ब्रोइलर कुखुरा र मोटरसाइकल बरामद

समाचार

पर्सा, ७ भदौ ।
जिल्ला पर्साको बिन्दाबासिनी गाउँपालिका–५, प्रसौनीभाटा नजिकै सशस्त्र प्रहरीले करिब रु. २ लाख ४ हजार ९ सय बराबरको प्रतिबन्धित ब्रोइलर कुखुरा सहित मोटरसाइकल बरामद गरेको छ।

मिति २०८२ भदौ ६ गते बिहान ७:०० बजे प्रस्तावित सिमासुरक्षा गुल्म अलौबाट खटिएको सप्रनानी राजेश बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो। बरामद गरिएको ब्रोइलर कुखुरा गुल्मको परिसरमै सम्बन्धित निकायको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल पर्साले सीमावर्ती क्षेत्रमा अवैध वस्तुको ओसार–पसार तथा तस्करी नियन्त्रणमा कडा निगरानी राख्दै आएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *