पर्सामा सशस्त्र प्रहरीले रु. २.५० लाख बराबरको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट

समाचार

पर्सा, ५ भदौ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भित्र्याइँदै गरेको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ।

मिति २०८२ भदौ ५ गते पर्सा जिल्ला पोखरिया नगरपालिका–७ सतबरिया क्षेत्रमा व्यक्तिहरुले टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४५ कार्टुनमा राखिएका ४,५०० गोटा चल्ला (जसको मूल्य करिब रु. २,२५,०००) फेला पारेका थिए। प्रहरी देखेपछि ती व्यक्तिहरु भाग्न सफल भए।

नियन्त्रणमा लिइएका प्रतिबन्धित चल्ला नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइनका प्रतिनिधि तथा जनप्रतिनिधिको रोहवरमा नं. १३ गण हे.क्वा. पर्साको पेरिटर भित्र खाडल खनी नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *