प्रधानमन्त्रीको भावुक स्मरण : “४ वर्षको हुँदा आमा गुमाएँ, आज ९६ वर्षीय बुबासँग आशीर्वाद लिएँ”

समाचार

काठमाडौं,७ भदौ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत बुबाको मुख हेर्ने दिन (भाद्र कृष्ण औंसी, कुशे औंसी) को अवसरमा आफ्ना बुबासँगको भावुक क्षण सार्वजनिक गरेका छन्।

प्रधानमन्त्रीले लेखेका छन्, “म ४ वर्षको हुँदा आमा बित्नुभयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन बिहानै बुबासँग आशीर्वाद लिएँ।”

उनका बुबा हाल ९६ वर्षका भएका छन्। कान अलि कम सुन्ने भए पनि पुस्तक पढ्न चस्माको आवश्यकता पर्दैन र नजिकै हिँडडुल गर्न सक्षम रहेको प्रधानमन्त्रीले बताएका छन्।

बुबासँग पुराना प्रसङ्गमा छोटकरीमा कुरा भएको उल्लेख गर्दै उनले बुबाको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्। साथै, उनले भनेका छन्, “बुबा–आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर र सम्मान गर्नु पर्छ। टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो।”

प्रधानमन्त्रीले आफ्नो सन्देशमार्फत जीवित पिताहरुप्रति नमन र दिवंगत पितृहरूलाई श्रद्धा अर्पण गर्दै सबैलाई बुबाको मुख हेर्ने दिनको शुभकामना दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *