रौतहटमा सशस्त्र प्रहरीद्वारा लाखौंको सुर्ति बरामाद

समाचार

रौतहट,१० भदौ  ।
सशस्त्र प्रहरीद्धारा रौतहटको ईशनाथ नगरपालिका–४ मठिया गाउँ छेउमा लुकाई छिपाई राखिएको ठूलो परिमाणमा अबैध सुर्ती बरामद गरिएको छ।

 

 

विशेष सूचनाका आधारमा आईतवार राती पौने १२ बजे सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतको नेतृत्वमा औरैयास्थित वि.ओ.पि.का इञ्चार्ज इन्स्पेक्टर खेमराज जोशी सहितको टोलीले खानतलासी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो।

खोजतलासको क्रममा ईशनाथ–४ स्थित राम सिंह चनौको भट्टी पसल छेउमा रहेको चुमन मियाको धान खेतमा अबैध रुपमा भण्डारण गरी राखिएको ३० बोरा (करिब ७४५ केजी) सुर्ती तथा सुर्तिजन्य पदार्थ फेला परेको एसपी बस्नेतले बताएका छन्।
बरामद गरिएको सामग्रीको अनुमानित मूल्य करिब . ३ लाख ६२ हजार ७५० बराबर हुने बताइएको छ।

 

सशस्त्र प्रहरीले बरामद गरेको सुर्ती आवश्यक कानूनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
रौतहट, बारा,पर्सा, सर्लाही लगायतका तराई–मधेसका सीमावर्ती क्षेत्रहरू अबैध सुर्ती, मदिरा तथा अन्य उपभोग्य वस्तुहरूको भण्डारण र तस्करीका लागि संवेदनशील मानिन्छन्।

 

भारतीय बजार नजिकै भएकाले सस्तोमा सामान भित्र्याई नेपालमा बिक्री वितरण गर्ने कार्य बढ्दो छ।
यसरी पटक–पटक ठूलो परिमाणमा सुर्ती बरामद हुनु भनेको सीमामा अझ कडाइ आवश्यक रहेको स्पष्ट सन्देश हो। साथै, स्थानीय भट्टी, पसल र खेतहरूलाई भण्डारण स्थलको रूपमा प्रयोग गरिएकोले निगरानी संयन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *