बिरगंज महानगरद्वारा होटल तथा मासु पसलको सरसफाइ अनुगमन

समाचार

बिरगंज, ११ भदौ ।
हैजा र झाडापखाला फैलन नदिन बिरगंज महानगरपालिकाले मंगलवार मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रका होटल तथा मासु पसलहरूको सरसफाइ अनुगमन गरेको छ।

अनुगमनको क्रममा खानेपानीको स्वच्छता, सुरक्षित भण्डारण, फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीको अवस्था निरीक्षण गरिएको थियो। व्यवसायीलाई स्वच्छता र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरको पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको हो।

महानगरले सरसफाइ अनुगमनलाई हरेक दिन निरन्तरता दिने जनाएको छ। हैजा नियन्त्रणका लागि सबैलाई सफा वातावरण, सुरक्षित खाना र स्वच्छता कायम गर्न महानगरले आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *