बिरगञ्जमा अवैध कपडा सहित बोलेरो पिकअप बरामद

समाचार

पर्सा, भदौ ३० ।
सशस्त्र प्रहरी बल नं.१३ गण पर्साले बिरगञ्ज–९ पान गल्लीबाट अवैध रूपमा भन्सार छली ल्याइएको कपडा सहित बोलेरो पिकअप बरामद गरेको छ ।

भदौ ३० गते साँझ करिब ५ः३५ बजे प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगञ्जबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीको कमाण्डमा रहेको ९ सदस्यीय टोलीले ना.४ च ६३७९ नम्बरको बोलेरो पिकअपमा कपडा लोड गरिरहेको अवस्थामा कारबाही गरेको हो ।

बरामद सामानमा करिब रु.१० लाख बराबरको कपडा र करिब रु.२० लाख बराबरको बोलेरो पिकअप गरी जम्मा करिब रु.३० लाख मूल्य बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनास्थलमा संलग्न व्यक्ति भने गाडी छाडेर फरार भएको बताइएको छ ।

बरामद गरिएको बोलेरो पिकअप र कपडा आवश्यक कारबाहीका लागि बिरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *